सीपीएल : सन्दीप आवद्ध टीम जमैका फेरि पराजित

ओकेखबर संवाददाता २१ भाद्र २०७७, आईतवार ०७:१७ मा प्रकाशित ( साल अघि) ७७६ पाठक संख्या

एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तल्लावाह फेरि पराजित भएको छ ।

शुक्रबार राति सम्पन्न खेलमा जमैका बार्बाडोस ट्रीडेन्टससँग जमैका ७ विकेटले पराजित भएको हो । जमैकाले दिएको १६२ रनको लक्ष्य पछ्याएको बार्बाडोसले १८।२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

बार्बाडोसका लागि कप्तान जासन होल्डरले सर्बाधिक ६९ रन बनाए भने जोनाथन कार्टरले ४२ तथा मिचेल सान्टनरले ३५ रन बनाए ।

जमैकाका बलर सन्दीप लामिछाने, ओस्मान थोमस र प्रेस्टन म्याकस्वीनले एक एक विकेट लिए ।

लामिछानेले ४ ओभरमा २६ रन दिएर एक विकेट लिएका थिए । सन्दीपले बार्बाडोसका कप्तना होल्डरलाई आउट गरेका थिए ।योसँगै सन्दीपले यस सिजनमा ८ खेलमा ११ विकेट लिएका छन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको जमैकाले २० ओभरमा ४ विकेट गुमाउदै १६१ रन बनाएको थियो ।

यो खेल जितेपनि बार्बाडोस प्रतियोगिताबाट बाहिरिएको छ । बार्बाडोसले १० खेलमा ३ जित र ७ हारसहित ६ अंक हासिल गर्दै अंक तालिकामा पाँचौ स्थानमा रह्यो ।

९ खेलमा ३ जित, एक रद्ध र ५ हार बेहोरेको जमैका भने ७ अंकसहित चौथो स्थानमा रहदै सेमिफाइनलमा पुगिसकेको छ ।


सम्बन्धित खबरहरु