गायक रामकृष्ण ढकालको ‘बनावटी संसार’ सार्वजनिक

ओकेखबर संवाददाता १९ भाद्र २०७७, शुक्रबार १८:५० मा प्रकाशित ( साल अघि) ९३३ पाठक संख्या

काठमाडौं । वरिष्ठ गायक रामकृष्ण ढकालको आवाज डा. अजित शाहको शब्द रचना तथा पछिल्लो समयका लोकप्रिय संगितकार दिपक शर्माको संगित रहेको ‘बनावटी संसार’ सार्वजनिक भएको छ ।

एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोमा पछिल्लो समय सामाजिक संजालमा छाएका अर्जुन बिक र उहाका छोरा बिकास संगै बिमला जोशी , केशव यात्री र आदित्य प्रकाशको अभिनय रहेको छ ।

अस्मिता खनालको परिकल्पनामा बिनोद बमको सम्पादन तथा निर्देशन रहेको उक्त भिडियोको छायांकन मुकेश हुमागाइले गरेका हुन ।

अहिलेको सामाजिक यथार्थलाई जस्ताको त्यस्तै चित्रण गरिएको यो भिडियो सार्वजनिक भए संगै चर्चामा छ ।
भिडियाे :


सम्बन्धित खबरहरु