भारतमा पब्जीसहित ११८ चिनिया एप्समा प्रतिबन्द, यस्ताे छ कारण

ओकेखबर संवाददाता १८ भाद्र २०७७, बिहीबार ०९:०८ मा प्रकाशित ( साल अघि) ६५२ पाठक संख्या

काठमाडौं । भारतले चर्चित भिडियो गेम पब्जीसहित चीनमा विकास गरिएका १ सय १८ वटा मोबाइल एप्सलाई प्रतिबन्द लगाएको छ । भारतले चिनियाँ एप्सबाट राष्ट्रिय सुरक्षामा खतरा बढेको कारण देखाउँदै १ सय १८ वटा एप्समा प्रतिबन्ध लगाएको हो ।

इलेक्ट्रोनिक्स र इन्फर्मेशन टेक्नोलजी मन्त्रालयलको तर्फबाट जारी गरिएको सूचनामा ती एप्सले भारतको सम्प्रभुता र अखण्डता, देशको रक्षा र लोक व्यवस्थाविरुद्ध गतिविधि सञ्चालन गरेको गरेकाले प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ । १५ जुनको राति गलवान क्षेत्रमा भएको झडपको ७८ दिनमा भारत सरकार तेस्रोपटक चिनियाँ मोबाइल एप्सविरुद्ध गम्भीर एक्सन लिएको हो ।

गलवानमा भारत-चीन सैनिकबीचको झडपपछि पहिलो पटक भारतले भिडियो शेयरिङ एप्स टिकटकसहित ५९ चिनिया एप्सलाई प्रतिबन्ध लगाएको थियो । योपटक फेरि लद्दाख क्षेत्रमा तनाव बढिरहेका बेला त्यस्तै कदम उठाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा २ देशको तनाव बढेको खबर आएको छ । बढ्दो तनावका बीच लद्दाखस्थित दक्षिणी पेङ्गोङ त्सो तालको विवादित इलाकामा चिनियाँ सैनिकसँगको झडपमा भारतीय सेनाका १ जवानको मृत्यु भएको र १ जना घाइते भएको बताइएको छ ।


सम्बन्धित खबरहरु