संक्रमितले लक्षणपूर्वको अवस्थामा संक्रमण सार्ने दर धेरै हुन्छ : डा‍‍. पाण्डे

डा. रवीन्द्र पाण्डे १५ भाद्र २०७७, सोमबार ११:४७ मा प्रकाशित ( साल अघि) ७०१ पाठक संख्या

-जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे

अमेरकाको CDC ले कोरोना संक्रमण परीक्षणमा आफ्नो धारणा परिवर्तन गरेको छ । नयाँ गाइडलाइनमा निम्न समुहलाई परीक्षण गर्नु नपर्ने भनेको छ ।

– लक्षण नभएका व्यक्तिलाई ।
– जोखिम वर्गमा नरहेका व्यक्तिलाई ।
– चिकित्सक वा जनस्वास्थ्यकर्मीले सिफारिस नगरेको व्यक्तिलाई ।
– संक्रमितसंग ६ फिटको दुरीमा रहेर १५ मिनेटसम्म कुराकानी गरेपनि लक्षण नदेखिएको व्यक्तिलाई ।

त्यस्तै नयाँ गाइडलाइनले लक्षणयुक्त संक्रमित, संक्रमितसंग जोखिम मोलेर बस्ने वा काम गर्ने व्यक्ति, स्याहार केन्द्रमा बस्ने तथा काम गर्ने व्यक्ति, आकस्मिक तथा सघन उपचारमा काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी तथा चिकित्सक वा जनस्वास्थ्यकर्मीले सिफारिस गरेका व्यक्तिलाई मात्र परीक्षण गर्नुपर्ने बताएको छ ।

यस अघि CDC ले संक्रमितसंग सम्पर्कमा आएका लक्षणबिहिन समेत सबैले परीक्षण गर्नुपर्ने बताएको थियो ।

कोरोना संक्रमित व्यक्तिले लक्षणपूर्वको अवस्थामा संक्रमण सार्ने दर धेरै हुन्छ । उक्त संक्रमित लक्षणबिहिन हो कि लक्षण देखिने पूर्व अवस्थाको हो भनेर थाहा हुँदैन । तसर्थ यो गाइडलाइन जनस्वास्थ्यको दृष्टिकोणले अव्यवहारिक तथा संक्रमणलाई टेवा दिने प्रकारको छ ।

यो गाइडलाइन ल्याउनुको कारण आर्थिक तथा राजनैतिक भएको अनुमान गर्न सकिन्छ ।

नेपालले पनि यो गाइडलाइन अनुसार परीक्षण गर्ने बताएको छ । संक्रमित व्यक्तिलाई २ हप्ता आइसोलेसनमा राखेर परीक्षण नगरि पठाउने नीति जनस्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण छ । पिसिआर आफैमा महँगो प्रविधि हो । जनस्वास्थ्यका मापदण्डमा निकै कडाई गर्ने, आम नागरिक सचेत भएर सुरक्षाका उपाय अबलम्बन गर्ने, लक्षण देखिएमा १५ दिन आइसोलेसनमा बस्ने तथा निषेधाज्ञा एबम लकडाउन नगरेर आर्थिक गतिबिधि सुचारु नगर्ने हो भने देश आर्थिक रुपमा टाट पल्टिने अवस्था आउन सक्छ ।

सरकार, मिडिया र आम नागरिक एकजुट भएर स्वअनुशाशन र जिम्मेवार हुनुको विकल्प छैन । यो महामारी कहिले नियन्त्रण हुन्छ भन्ने निश्चित नभएकोले रोकथामका उपायलाई हामी सबैले कार्यान्वयन गर्नु आजको आवश्यकता हो ।


सम्बन्धित खबरहरु