लोकगायक प्रेमराजा महत दम्पति कोरोना संक्रमणमुक्त

ओकेखबर संवाददाता १४ भाद्र २०७७, आईतवार ०८:३४ मा प्रकाशित ( साल अघि) ६१० पाठक संख्या

काठमाडौं । अमेरिकामा रहेका वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता महत कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

गत ७ अगस्तमा महतले सामाजिक सञ्जालमार्फत आफू र श्रीमती कवितालाई कोरोना पोजिटिभ देखिएको जानकारी दिएका थिए । कोरोनामुक्त भएपछि फेरि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नै आफू र श्रीमती निको भएका जनाएका छन् ।

‘विश्वभरी रहेका हजारौँ हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो,’ महतले लेखेका छन् ।

मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महावाणिज्यदूतसमेत रहेका महत आफ्नै घरमा छोरा डा। सरगम महतको निरीक्षण र निगरानीमा बसेका थिए ।


सम्बन्धित खबरहरु