गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बिक्यो

ओकेखबर संवाददाता ६ भाद्र २०७७, शनिबार २२:०९ मा प्रकाशित ( साल अघि) ७५० पाठक संख्या

लन्डन । भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलर ९ दुई लाख ६० हजार पाउण्डस्टर्लिङ०मा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।

‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा विक्री भएपछि इन्स्टाग्राममा लेखेको छ,“एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैले उक्त चश्मा दिएको भन्दै लिलामका लागि हामीलाई चार हप्ता पहिले उपलब्ध भएको थियो ।”

फर्मले प्रक्रियामा सहभागीलाई सम्बोधन गर्दै भन्यो, “एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम १ लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ।”

गान्धीले पुरानो वा अनावश्यक सामान ९चश्मा० खाँचो हुनेहरूका लागि वा आफूलाई सहयोग पु¥याउने व्यक्तिलाई दिने गरेको बताइएको छ ।

सन् १९२० वा ३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियम पदार्थको कारोबार गरिरहेको समय अहिंसावादी गान्धीले विक्रेताका काकालाई चश्मा दिएको ती लिलामकर्ता व्यक्तिले फर्मलाई बताएका बुझिएको छ ।

बिक्री मूल्य १५ हजार पाउण्डस्र्टलिङ वरिपरी हुने अनुमान गरिएको थियो तर चश्माको मूल्य अपेक्षाभन्दा निकै गुणा बढी अर्थात् दुई लाख ६० हजार पाउण्डस्टर्लिङ परेको छ ।


सम्बन्धित खबरहरु