ब्रुकलिन साइटेसनबाट अमेरिकामा पत्रकार परियार सम्मानित

ओकेखबर संवाददाता ६ भाद्र २०७७, शनिबार २०:०३ मा प्रकाशित ( साल अघि) ४६८ पाठक संख्या

काठमाडौं । पत्रकार दीपक परियार अमेरिकामा ब्रुकलिन साइटेसनबाट सम्मानित भएका छन् । उनलाई ब्रुकलिन सिटीका सभामुख एरिक एडम्सले साईटेसनद्वारा सम्मान गरेका हुन् ।

पत्रकारिता मार्फत समाजलाई दुई दशक लामो योगदान दिए बापत उनलाई सम्मान गरिएको हो । साहित्य, पत्रकारिता, सामाजिक र सांस्कृतिक विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई सो अवार्डबाट सम्मान गर्ने गरिन्छ ।

सभामुख एरिक एडम्सले साइटेसनमा भनेका छन्, ‘दक्षिण एसियाली समुदायमा सम्मानित बहुआयामीक पत्रकार परियारलाई म, सबै ब्रुकलनिटहरुको तर्फबाट अभिवादन गर्छु । सर्वसाधरणको आवश्यकता राम्ररी बुझ्नका लागि स्वतन्त्र रुपमा र विभिन्न विषयको अनुसन्धान मार्फत समाज आधारित अनुसन्धान गर्ने उनको अनुभवको उच्च मुल्याङ्कन गर्दछु । ’

खसोखासका प्रधान सम्पादक किशोर पन्थीले उनको सम्मानले आफूलाई समेत गौरवान्भित बनाएको बताए । परियार खसोखासका सम्पादक समेत हुन् । स्थापनाकाल देखि जागरण मिडिया सेन्टरको नेतृत्वमा रहेका उनी हाल सेन्टरका सल्लाहकार हुन् । उनी अन्य विभिन्न संघसंस्थामा समेत संलग्न छन् । अमेरिकामा पनि उनी नेपाली सहित दक्षिण एसियाली समुदायमा सक्रिय छन् ।

परियारले पाएको सम्मानले पत्रकारिता मार्फत सामाजिक अभियानमा थप सफलता मिलेको सामाजिक अभियन्ता नवराज केसीले बताए ।
अमेरिकामै रहेका लेखक एवं पत्रकार राजन थपलिया भन्छन्, ‘उनको सम्मानले नेपाली समुदायलाई थप हौसला प्रदान गरेको छ ।’


सम्बन्धित खबरहरु