राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

ओकेखबर संवाददाता २ भाद्र २०७७, मंगलवार १८:४५ मा प्रकाशित ( साल अघि) ७६३ पाठक संख्या

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।

उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

परिवारले शिलापत्र जनाएअनुसार उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै उपचाररत उनको आज साँझ ५:५५ बजे निधन भएको हो ।

१९७६ सालमा लमजुङमा जन्मिएका घिमिरे नेपाली छन्दकवितामा अग्रणी कवि हुन् । उनका ‘गौरी’ शोककाव्य, ‘राष्ट्र निर्माता’ खण्डकाव्य, ‘मालती-मङ्गले’ गीतिनाटकलगायत प्रसिद्ध छन् ।


सम्बन्धित खबरहरु