युरोपा लिग : ओलम्पियाकोसलाई हराउँदै उल्भरह्याम्टन क्वाटरफाइनलमा

ओकेखबर संवाददाता २३ श्रावण २०७७, शुक्रबार ०८:१३ मा प्रकाशित ( साल अघि) २६२ पाठक संख्या

इंग्लिस क्लब उल्भरह्याम्टनले युरोपा लिग फुटबलको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

ओलम्पियाकोसलाई २-१ गोलले हराउँदै ४८ वर्षपछि उल्भरह्याम्पटनले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा १-१ गोलको बराबरीमा रोकिएको उल्भरह्याम्पटन बिहीबार राति भएको दोस्रो लेगमा १-० ले विजयी भयो ।

उल्भरह्याम्पटनको जितमा खेलको आठौं मिनेटमा राउल जिमिनेजले पेनाल्टीमार्फत् गोल गरे । त्यस्तै, फ्र्यांकफर्टविरुद्ध समग्रमा ४-० को जित निकाल्दै बसेलले पनि क्वाटरफाइनलमा स्थान बनाएको छ ।


सम्बन्धित खबरहरु