आज: 

विश्वकै लामो झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला

ओके खबर १७ श्रावण २०७७, शनिबार १०:०८ मा प्रकाशित ( महिना अघि) ५१४ पाठक संख्या

अनुप बानियाँ  । अनौठो लाग्न सक्छ कतिपय मान्छेहरुलाई तर यो बाग्लुङ र पर्बत जोड्ने झोलुङ्गे पुल हो जुन विश्व कै लामो पुल भएको दाबी गरिएको छ । यो पुल आज शुक्रबार देखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।

लकडाउनको समयमै सम्पन्न भएको झोलुङ्गे पुल कोरोनाको जोखिमले निर्माण सम्पन्न भएको तीन महिना बितिसक्दा समेत सञ्चालनमा आउन सकेको थिएन । साविकको धौलागिरी अञ्चल भित्रका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणको केन्द्र मानिएको पुलमा सर्वसाधारणले अवलोकन गर्न पाउने बागलुङ नगरपालिकाका उप मेयर सुरेन्द्र खड्काले बताउनुभयो ।

बागलुङ नगरपालिका–१ रामरेखा देखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएपनि हाल सम्म सञ्चालनमा आएको थिएन । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौंबाट पुल हस्तान्तरण प्रक्रियामा गएको र शुक्रबारदेखि पुल खुल्ला गर्न अनुमति दिएको छ । ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण गरिएको हो । यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । बाग्लुङ नगरपालिकाले यसको विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गरायको छ ।

एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर ४९८ मिटर भन्दा बढी हाल सम्म निर्माण नभएकाले विश्वकै लामो दावी गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । पुलको क्षमता झण्डै ६१२ जना अर्थात ८५ मेट्रिक टन क्षमता रहेको छ । पुलबाट एक घण्टा बढी पैदल यात्रा बाट पुग्न सकिने अदुवाबारि १० मिनेटमै पुग्न सकिनेछ ।


सम्बन्धित खबरहरु