संसद सचिवालयमा युट्युब र फेसबुक नचल्ने

ओकेखबर संवाददाता १४ श्रावण २०७७, बुधबार १६:५४ मा प्रकाशित ( साल अघि) २९२ पाठक संख्या

काठमाडौं । संघीय संसद सचिवालयमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ ।

खासगरी युट्युब र फेसबुक प्रयोगकर्ता बढी हुँदा अन्य काम गर्न इन्टरनेटको गति सुस्त भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म युट्युब र सामाजिक सञ्जाल बन्द गरिएको सचिवालयले जनाएको छ ।

युट्युब र सामाजिक सञ्जाल नै चाहिएको वा यसैबाट सूचना आदनप्रदान गर्नुपरेको भनी जानकारी गराएमा त्यस्ता व्यक्तिलाई चलाउन दिने व्यवस्था गर्ने बनाइएको छ ।

मंगलबारदेखि संसद सचिवालयको सर्भरमा दिउँसोको समयमा युट्युब र सामाजिक सञ्जाल नचल्ने बनाइएको छ । संसद सचिवालयको सर्भरमा दैनिक ५०० को हाराहारीमा प्रयोगकर्ता रहने गरेका छन् ।


सम्बन्धित खबरहरु