त्रि.वि. ले महामारी झन् फैलाउन निम्तो दिएकाे हो ?

पद्मा भुसाल ९ श्रावण २०७७, शुक्रबार ११:२९ मा प्रकाशित ( साल अघि) ११५३ पाठक संख्या

आदरणीय परीक्षा नियन्त्रक ज्यु, त्रि.वि. , बल्खु काठमाडौं ।

विषय. ध्यानाकर्षण सम्बन्धमा ।

विश्वभर एकै साथ फैलिएको कोरोना भाइरस अर्थात कोभिड– १९ नेपालमा पनि उच्च जोखिम देखिएको कारण नेपालमा पनि यस महामारीबाट सुरक्षित हुन सतर्कता अपनाउन चैत ०६ गतेदेखि त्रिभुवन विश्वविद्यालय लगायत देशका सम्पुर्ण विश्वविद्यालयका परीक्षा स्थगित भएका थिए । सम्पुर्ण परीक्षा अकस्मात रोकिएका कारण विद्यार्थीहरुमा एउटा ठुलो मनोवैज्ञानिक त्रास पैदा भएको थियोे । जसका कारण केही दिनमै आफ्नो जन्म स्थान पुग्न सकिने होडबाजीमा चैत ०७ गते म लगायत हजारौं विद्यार्थीहरु आफ्नो घर फर्किदा केही थान लुगा मात्र बोकेर फर्केका थियौ । विगत ४ महिना देखि न किताब देख्न पाइएको छ, न त निर्धक्क सङ बस्न नै पाइएको छ । कसरी यो महामारीबाट सुरक्षित हुने भनी सतर्कता अपनाएर बसेका छौ ।

यस्तो विषम परिस्थितिका बाबजुद विश्वविद्यालयहरु विद्यार्थीहरुलाई मानसिक रुपमा तनाव दिने गलत नियतले श्रावण ७ गते देखि सबै विश्वविद्यालयहरु खुला हुने र भदौ महिना देखि परिक्षा सञ्चालन गर्ने विज्ञप्ति निकाल्नु कति सम्म गैरजिम्मेवार निर्णय हो ?

एकातिर सरकारले भदौ १ पछि मात्र लामो दुरीका सवारीसाधन चल्न दिने निर्णय गरेको छ भने अर्कोतिर देशभरै बाढी, पहिरोका कारण अबरुद्ध सडकले गर्दा कलेज सम्म पुग्न सक्ने स्थिति पनि छैन भने जिल्ला जिल्लामा रहेका क्याम्पसहरु त अझैसम्म पनि क्वारेन्टाइनको रूपमा प्रयोग हुँदै आएका छन । जस्ले गर्दा हाल सालै ती क्याम्पसहरुमा पनि परीक्षा केन्द्र राखी परिक्षा संचालन गर्न सकिने अवस्था कति पनि छैन । त्यसैले येस्तो विषम परिस्थितिमा हजारौं विद्यार्थी को भावनाको कदर गर्न जरुरी छ ।

पहिले कोरोनाको त्रास थियो जोखिम थिएन ,तर अहिले त्रास कम भएको छ तर जोखिम बढेको तेसैले येस्तो संवेदनशील विषयमा हतार गर्नाले कतै ठुलो महामारी लाई निम्तो दिने काम त हुदैन ?
परीक्षाको विकल्प परिक्षा नै हो यो कुरा हामी सम्पुर्ण विद्यार्थीले बुझ्नु पर्छ र बुझेका छौ ।
तर,
हतारमा निर्णय लिगेर फुर्सदमा पछुताउनु पर्न स्थिति सृजना नहोस्।

लेखक

पद्मा भुसाल

 


सम्बन्धित खबरहरु