जब ३३ फिट अग्लो भवनबाट १० र ३ वर्षीय दाजुभाई हामफाले…

ओकेखबर संवाददाता ८ श्रावण २०७७, बिहीबार २२:३२ मा प्रकाशित ( साल अघि) ६४४ पाठक संख्या

एजेन्सी । फ्रान्सको दक्षिण पूर्वी सहर ग्रेनोबलमा ३३ फिट अग्लो भवनको झ्यालमा आगलागी भएपछि दुई भाइले हाम्फालेका छन् । दुई दाजुभाइलाई तल जम्मा भएको भीडले समातेको थियो ।

मंगलवार ग्रेनोबलमा १० वर्ष र ३ वर्षका यी दुई दाजुभाइलाई जमिनमा बजारिनु पूर्व नै त्यहाँ उपस्थित भीडले समाएको थियो । यति अग्लो स्थानबाट झर्दा उनीहरुमा कुनै चोट लागेको थिएन ।

भाइरल भएको भिडियोमा एक भाइ झ्यालमा झुण्डिएका छन् भने भवनमा लागेको आगो झ्यालबाट मडारिएर बाहिरिएको देखिएको छ । सोही क्रममा झुण्डिएका भाइ त्यहाँबाट खस्दछन् र तल जमिनमा जम्मा भएको भीडले समाउँदछ ।

त्यसैगरी अर्का अपार्टमेन्टको ब्लकबाट सिधै हाम्फाल्छन् । र उनलाई पनि भीडले समाउँदछ । त्यसपछि भवनका बासिन्दाहरुले दुबै दाजुभाइलाई लिएर अस्पताल गए । उनीहरुको शरीरमा आगोले जलेको कुनै निसान थिएन भने झर्दा कतै चोटपटक पनि लागेको थिएन । बरु उनीहरुलाई समाउने एक २५ वर्षीय युवाको काँधको हड्डी भने भाँचिएको थियो ।


सम्बन्धित खबरहरु