आर्सनल एफए कपकाे फाइनलमा

ओकेखबर संवाददाता ४ श्रावण २०७७, आईतवार ०६:३० मा प्रकाशित ( साल अघि) ५०१ पाठक संख्या

एजेन्सी । म्यानचेस्टर सिटीलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको को फाइनलमा प्रवेश गरेको छ ।

गए राति वेम्वली स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई २-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

आर्सनलको जितमा दुवै गोल कप्तान पिएरे इमिरिक औवमियाङले गोल गरे । पहिलो हाफमा एक गोल गरेको आर्सनलले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । पिएरेले १९ औ‌ं र ७१ औं मिनेटमा गोल गरेका थिए ।

आर्सनलले उपाधिका लागि चेल्सी र म्यानचेस्टर युनाइटेडबीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

चेल्सी र युनाइटेडबीचको खेल आज राति हुदैछ ।


सम्बन्धित खबरहरु