ठूलो विस्फोटनपछि तीव्र गतिमा आकाशगङ्गामा हुत्तिएको एउटा ‘अद्वितीय’ तारा

ओकेखबर संवाददाता १ श्रावण २०७७, बिहीबार १७:५४ मा प्रकाशित ( साल अघि) ४५० पाठक संख्या

एजेन्सी ।अन्तरिक्षमा भएको शक्तिशाली विस्फोटनपछि एउटा तारा आकाशगङ्गामा तीव्र वेगमा हुत्तिएको खगोलशास्त्रीहरूले पत्ता लगाएको बीबीसीले जनाएको छ ।
उक्त तारामा सुपरनोभा भनिने विस्फोटनको प्रक्रिया आंशिक रूपमा भएको उनीहरूको निष्कर्ष छ।

सुपरनोभा बनेपछि ताराहरू प्रायः नष्ट हुन्छन्। तर त्यो विस्फोटनले उक्त तारालाई नष्ट पार्न सकेन। बरु नौ लाख किलोमिटर प्रतिघण्टाको वेगमा अन्तरिक्षमा हुत्त्याइदियो।

खगोलशास्त्रीहरूका अनुसार उक्त तारा ‘ह्वाईट ड्वार्फ’ थियो र त्यसले एउटा अर्को तारालाई परिक्रमा गर्थ्यो। बीबीसीका अनुसार उक्त अद्भुत खगोलीय घटनापछि दोस्रो तारा पनि विपरीत दिशामा उछिट्टिएको अनुमान गरिएको छ।

दुईवटा ताराले एक अर्कालाई परिक्रमा गर्दा तिनलाई “बाईनरी” अर्थात् द्व्यात्मक भनिन्छ। तर अहिले ती दुईमध्ये एउटा ताराको अवस्थिति मात्र खगोलशास्त्रीले पत्ता लगाउन सकेका छन्। विस्फोटन भएको उक्त खगोलीय पिण्डलाई वैज्ञानिकहरूले SDSS J1240+6710  नामकरण गरेका थिए।

सन् २०१५ मा पत्ता लागेको उक्त ताराको वायुमण्डलीय संरचना असामान्य थियो। त्यसमा हाईड्रोजन र हीलीअम दुवै ग्यास थिएनन्। बरु अक्सिजन, नीअन, म्याग्नीजम र सिलिकनको अस्वाभाविक मिश्रण थियो।
बीबीसि


सम्बन्धित खबरहरु