कस्तो सपनाको फल के ? यस्तो सपना देख्दा धन प्राप्त हुन्छ !

ओकेखबर संवाददाता २९ असार २०७७, सोमबार २२:०८ मा प्रकाशित ( साल अघि) ८९० पाठक संख्या

काठमाडौं। सामान्यतया मानिसको सोचाइको आधारमा सपना देखिने गरिन्छ । तर सपनामा देखिएका विभिन्न घटनाले तपाईको भविष्यमा आइपर्ने समस्या, राम्रो कुराहरुको जानकारी आउने विश्वास गरिन्छ । कतिपय सपना हाम्रा अतितसँग जोडिएका हुन्छन् भने कतिपय भविष्यसँग जोडिएका हुन्छन् । सबै मानिसलाई यस प्रति विश्वास नलाग्न सक्छ । विश्वास गर्ने वा नगर्ने त्यो कुरा व्यक्तिमा भर पर्दछ । ज्योतिष शास्त्रलाई विश्वास गर्ने हामीले देखेका सपनाहरुबाट हामी निकट भविष्यमा हुने कामहरुको बारेमा जानकारी पाउन सक्छौँ भन्ने बुझिन्छ ।

ढिलो हुनु वा यातायातको साधन छुट्नु : सपनामा कुनै ठाउँमा पुग्न ढिला भयो अथवा यातायातको साधन छुट्यो भने हामीले निकट भविष्यमा कुनै गडबढ हुँदैछ भन्ने बुझ्नुपर्छ । यस्तो सपनाले कुनै पनि कामको असफलतालाई संकेत गर्दछ ।

कोही पछि लाग्नु : सपनामा कोही मान्छे पछि लाग्यो भने बुझ्नुस् तपाईले कसैलाई बेवास्ता गर्दै हुनुहुन्छ । त्यसकारण त्यसबाट भाग्नुभन्दा सामना गर्नु नै राम्रो हुन्छ ।

अग्लो ठाउँबाट लड्नु : सपनाले जीवनको गलत काम या त असंतुष्टिको भावनातर्फ ईशारा गर्छ । कुनै कुराबाट डराएका कारण हामीले पटक पटक यस्तो सपना देख्न सक्छौँ । त्यस कारण यस्तो अवस्थामा सबैभन्दा पहिले आफ्नो तनावको कारण खोज्नुनै बुद्धिमानी हुन्छ ।

आफैलाई उडेको देख्नु : यदि सपनामा हामीले आफैलाई उडेको देख्यौँ भने निकट भविष्यमा कुनै राम्रो कामको लागि यात्रामा जानुपर्छ । त्यस्तै सपनामा उडिरहेको पंक्षि देख्नुले पनि समाजमा मान सम्मान प्राप्त हुन्छ ।

भाँचिएको दाँत : जो मानिसहरु आफ्नो सुन्दरतालाई लिएर चिन्तित हुन्छन् उनीहरुले यस्तो खालको सपना देख्ने गर्छन् । आफ्नो बारेमा कसैले नराम्रो सोचेको छ कि ? भन्ने महसुस भयो भने यस्तो सपना देखिन सक्छ । त्यस कारण गलत सोचलाई मनबाट अलबिदा भन्नु नै राम्रो ।

सर्प समातेको : सपनामा सर्प समात्यो भने काममा सफलता मिल्छ भन्ने मान्यता छ । यसका साथै यस्तो सपना देख्नाले दुश्मनहरुलाई हराउन सकिन्छ । यदि सपनामा पटक पटक सर्प समातेको देखियो भने हामीलाई धन प्राप्त हुन्छ ।

आफ्नै मृत्युको सपना : हामी आफ्नै मृत्युको सपना देख्यौ भने डराउने गर्छौ । तर यस्तो सपना देखेर डराउनु पर्दैन । यस्तो सपना देख्नु भनेको हामी जीवनमा अघि बढ्दैछौँ भन्ने हो । त्यस्तै अरु कोहीको पनि मृत्युको सपना देखेपछि उनीहरुको जीवनमा केही नयाँ, केही खास हुँदैछ भन्ने बुझुनुपर्छ ।

पानी देख्नु : सपनामा पानी देख्नु सामान्य कुरा हो । सपनामा बग्दै गरेको पानी देखिनुको अर्थ हाम्रो जीवन सहि गतिले अघि बढिरहेको छ भन्ने हो ।

समुन्द्र देख्नु : सपनामा समुन्द्र देखेपछि हामीले बुझनुपर्ने कुरा हो जीवनमा भएको कुनै ठूलो तनावको अन्त्य हुँदैछ । झरनामा भिजेको सपना देखियो भने पनि निकट भविष्यमा शुभ समाचार प्राप्त हुन्छ । तर धमिलो पानी देख्नु भने जीवनमा केही गलत हुने संकेत हो ।

धोका खानु : सपनामा धोका खाएको देख्नुको अर्थ हुन्छ हामी कुनै ठूलो तनावबाट मुक्त हुँदैछौँ । यो सपनाको अर्थ तनाव दिने व्यक्ति हामीबाट टाढा जाने र जीवनमा सुख आउने सकेंत हो ।


सम्बन्धित खबरहरु