चार भारतीय न्यूज च्यानलबाहेक अन्य सुचारु गर्ने निर्णय

ओकेखबर संवाददाता २९ असार २०७७, सोमबार १३:१५ मा प्रकाशित ( साल अघि) ५४६ पाठक संख्या

काठमाडौं । केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायमै राखी अरु च्यानलहरु भने प्रसारण गर्ने भएका छन् ।

डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यका अनुसार केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय हो ।

उनका अनुसार डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोकेको थियो । तर केही केबल अपरेटरहरुले अरु च्यानलको पनि प्रसारण रोकेको पाइएको छ ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए । सरकारले पनि परिस्थिति अनुकूल भएर नसुध्रिदासम्म भारतीय न्यूज च्यानलको प्रसारणमा लगाएको रोक कायम राख्न भनेको छ ।


सम्बन्धित खबरहरु