नेपालमा भारतीय न्युज च्यानल बन्द

ओकेखबर संवाददाता २५ असार २०७७, बिहीबार २०:४० मा प्रकाशित ( साल अघि) ११०७ पाठक संख्या

२५ असार । नेपालमा भारतीय न्युज च्यानल बिहीबारदेखि प्रसारण बन्द भएका छन् ।

केही भारतीय सञ्चारमाध्यमले नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक समाचार प्रसारण गरेपछि प्रसारण बन्द गरिएको हो ।

बिहीबार साँझदेखि भारतीय टेलिभिजन दूरदर्शनबाहेक अरु सबै न्युज च्यानलको प्रसारण बन्द गरिएको विदेशी च्यानल वितरक मल्टिसिस्टम अपरेटर (एमएसओ)हरुले जनाएका छन् ।

यो कदम सरकारको निर्देशनमा नभइ स्वतःस्फूर्त रुपमा चालिएको वितरक कम्पनीहरुले जनाएका छन् ।


सम्बन्धित खबरहरु