सर्पहरु कसरी हावामा उड्न सक्छन् ? सेयर गर्नुहाेस्

ओकेखबर संवाददाता १७ असार २०७७, बुधबार २२:०७ मा प्रकाशित ( साल अघि) ७८७ पाठक संख्या

एजेन्सी । सर्प हावामा उडेको देखियो भने कस्तो होला ? केही त्यस्ता सर्प हुन्छन्, जो रुखबाट हावामा उड्न सक्छन् । खासगरी दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली क्षेत्रमा यस्ता सर्प भेटिन्छन् ।
भर्जिनिया टेकका वैज्ञानिकहरुले यही सोमबार यसबारे अनुसन्धान सार्वजनिक गर्नुअघि आम मानिसलाई ती सर्प कसरी उड्न सक्छन् भन्ने थाहा थिएन ।

विज्ञहरु भन्छन् कि, सर्प हावामा सर्न सक्छन् । अनुसन्धान टोलीका प्रमुख आइज्याक यटोनका अनुसार सर्पहरुले हावामा एक आवृत्ति बनाएर तिव्र गतिमा उड्छन् । र उनीहरु यही कुरा पत्ता लगाउन उत्सुक थिए ।

यटोनका अनुसार उनीहरुलाई यसबारे आधारभुत जानकारी थियो । तर २० वर्षदेखि सर्पबारे अध्ययनरत जेक सोकाको सहायताबाट यो कसरी उड्छ भन्ने ज्ञान भएको यटोनले बताए । वैज्ञानिकहरुले अध्ययनबाट सर्प तल र माथि गर्दै हावामा तैरिएर उड्ने तथ्य भेटाएका थिए । एक किसिमको आकार बनाएर सर्पले हावामा गति निकाल्ने उनीहरुको निष्कर्ष छ ।

वैज्ञानिकहरुको एक पूर्वानुमान के थियो भने, लाखौँ वर्ष लगाएर सर्पहरुले उड्ने एक तरिका बनाएका छन् । तर सर्पहरुले उड्न अपनाउने ‘अनडुलेसन’ विधिले उनीहरुलाई सन्तुलित बनाउने गर्छ । अर्थात्, सर्पहरुको ‘ग्लाइड’लाई स्थिर बनाउँछ र खस्नबाट बचाउँछ । साथै उनीहरु तेस्रो बनेर उड्ने गर्छन् ।

भर्जिनिया टेकका वैज्ञानिकहरुले यसबारे कम्प्युटेसनल मोडेल समेत तयार पारेका छन् । यसबारे पूर्ण अनुसन्धान नेचर फिजिक्स जर्नलमा विस्तृतमा प्रकाशन भएको छ ।


सम्बन्धित खबरहरु