राती करिब २ बजे गएको पहिरोका कारण एक गोठ पुरिदा ४ वटा पशुहरु भैंसी , गोरु र दुई बाख्रा पुरिएर मरेका छन्। भने तीन घरहरु उच्च जोखिममा परेका छन्। स्थानिय, तोलाकान्त काफ्लेको घर देखि सुरु भएको पहिरो रिप सन्तोष काफ्ले र डिल्लीराम काफ्लेको घर सम्म पुगेको छ ।
सन्तोष काफ्लेको गोठमा पुर्ण क्षती भएको छ । क्षतिको पुर्ण बिबरण आउन बाँकी रहेको स्थानिय खगेस्वर काफ्लेले जानकारी दिए । उद्वारमा सेती वेणिका प्रहरी र स्थानिय बासिन्दा खटिएका छन् ।
केही दिन अघिमात्रै पर्वतको कुश्मा नगरपापिलका ३ दुर्लुङको ढकालबारीमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको थियो । घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुई परिवारका नौ जना पुरिएका हुन्।