लकडाउनमै बढ्यो १०१ किलो तौल, हिँड्न नसकेपछि अस्पताल भर्ना

ओकेखबर संवाददाता १० असार २०७७, बुधबार २२:५७ मा प्रकाशित ( साल अघि) १३१५ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले कडाइका साथ लागु गराएको थियो । कोरोनाको उत्पति स्थल वुहानमा लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा काम गर्छन् । उनी पहिले नै बढ्दो तौलका कारण तनावमा थिए तर चीनमा निकै कडा रुपमा लागू गरिएको लकडाउनको क्रममा उनको तौल तीब्र रुपमा बढ्दै गयो ।

डिसेम्बरमा झाउको तौल १७७ किलो थियो । लकडाउनका क्रममा पछिल्लो पाँच महिनामा उनको तौल २७८ पुग्यो । ८ अप्रिलमा जब चीनमा लकडाउन हटाइयो झाउ आफ्नो बढ्दो तौलका कारण हिँड्डुल गर्न सकिरहेका थिएनन् । सास फर्न समस्या भइरहेको थियो । उनलाई अस्पताल नै भर्ना गर्नुपर्ने भयो ।

वुहान युनिभर्सिटीको झान्गनेन अस्पतालमा झाउको उपचारमा संलग्न डाक्टरले आफूलाई ३१ मे मा बिरामीको फोन आएको र उनलाई ४८ घण्टादेखि निद्रा नलागेको जानकारी दिएको बताए । उनका अनुसार बिरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो र निकै मुश्किलले कुरा गरिरहेका थिए । त्यसको भोलिपल्ट स्वास्थ्यकर्मीको टोली उनको घर पुगेको डाक्टरले जानकारी दिए ।

झाउललाई ६ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल पुर्याइएको हो । परीक्षणपश्चात् उनको ‘हार्ट फेल्योर र रेस्टिरेटरी डिसफङ्सन’ भएको पत्ता लाग्यो । चिनियाँ मिडियाका अनुसार ९ दिनसम्म २४ घण्टा स्वास्थ्यकर्मीको हेरविचारमा अब झाउको स्थिती सुधारोन्मुख छ ।

तौल कम गर्नका लागि झाउको शल्यक्रिया भएको छ । शल्यक्रियाको क्रममा एउटा हिस्सा हटाइएको छ । डाक्टरका अनुसार अबको तीन महिनामा झाउले २४ किलो तौल घटाउनु पर्नेछ । यसमार्फत् शल्यक्रियाको खतरा घट्ने गर्छ ।

स्रोतः रिपब्लिक वर्ल्ड


सम्बन्धित खबरहरु