समाज, सृष्टि र नारी

ओकेखबर संवाददाता ९ असार २०७७, मंगलवार ११:४३ मा प्रकाशित ( साल अघि) ६५६ पाठक संख्या

आजको समाज एक आफैँँमा शिक्षित छ ता पनि नारीको सम्मान गर्नुपर्छ भन्ने कुरामा किन अल्लि चुकेको पछि हटेकोअवस्था छ । हिजोआज हाम्रो समाजमा भइरहेका कुकर्महरू हत्या, हिंंसा, बलत्कार, शोषण, दमन र छोराछोरी प्रतिको सकारात्मक दृष्टिकोणमा हामी र हाम्रो समाज पूर्णरूपमा अझै पनि शिक्षित र सकारात्मक हुन सकेका छैन उ। यो अत्यन्तै दुःखदायी कुरा हो। किन यस्तो अवस्था आयो त के अझै पनि हाम्रो समाज अशिक्षित अमर्यादित रहिरहेको पो हो कि! त्यसैले अब हामी सबै सकारात्मक सोच बाट माथि उठि अघि बढ्न जरुरी छ। अब मानिसहरूमा सकारात्मकता, समानता, भेदभाव रहित पूरूषार्थको संरक्षणार्थ सबै एकजुट हुने कुरामा हामी विश्वस्त छौँ।

 

आजको अवस्थामा नारीले आफु सुरक्षित रूपमा बाच्नँँ पाउनेँँ, कर्तव्य, निष्ठा, मर्यादित र सुरक्षित रूपमा बाच्नँ पाउने सजक र सक्षम रहने अधिकार नारीमा नहोला र आजको समयमा हामी सबै स्वच्छ निस्पक्षताका साथ सरल, सहज र स्वतन्त्र ढङ्गले आफ्नो ईच्छा अनुरूप जीवन जिउन पाउँँने हक हित त नारी पुरूष दुवैमा निहित छनि ! होइन र, कताकता सुनिन्छ । ” नारी पुरूष एक रथका दुई पाङ्ग्रा हुन” के आजको समयमा नारी पूरूष एक रथका दुई पाङ्ग्राका रूपमा अघि बढेका छन् त,
आज कताकता रथको भार एउटा पाङ्ग्राले थाम्दाँँ थाम्दै पनि रथ एकापट्टि अल्लि कोल्टिरहेको अनुभव भएको छ। हाम्रो धर्म ग्रन्थ हरूमा नारीको सम्मान यसरी गरिएको पाइन्छ ।

“यत्र नार्यास्तु पुज्यन्ते रमन्ते तत्र देवता।।
यत्रैतास्तु न पुज्यन्ते सर्वस्त्रत्राफल क्रिया:।।मनुस्मृति ३!५६।।अर्थात् ,जहाँ जहाँ नारीको सम्मान हुन्छ त्यहाँ त्यहाँ देवी देवता पनि रमाउँछन्।जहाँ नारीको सम्मान हुदैन त्यहाँ गरिएको कुनै पनि कामको फल शुभ प्राप्त हुदैन ।”शोचन्ति जामयो यत्र विनश्यत्याशु तत्कुलम।।न शोचन्ते तु यत्रैता वर्धते तद्धि सर्वदा ।।मनुस्मृति!३!५७।।जुन कुलमा नारिले कष्ट भोग्छिन त्यो कुल शिघ्र नष्ट भएर जान्छ ।जहाँ नारी प्रशन्न रहेकि हुन्छिन् त्यो कुलमा सदैव समद्धिको बाँस हुन्छ ।

सम्मान र माया पाउनको लागि नारिले पनि आफ्नोे गुण छाड्नु हुदैन ।लज्जा,सम्मान,सहनशीलता र आफ्नो नियममा बस्नु नै नारिको सबैभन्दा ठुलो गहना हो गुण हो। यी गुण नभएकि नारिले कतै पनि सम्मान पाउन सक्दिनन् ।हुन त नारि पुरूष समान नै हुन् तर नारिभएर पुरूष सरह बन्न खोज्नुभनेको त सृष्टि कर्ताले सृष्टिको अघि झुक्नु सरह हो ।किनकि पुरूष भनेको नारि कै सृष्टि कर्ता हुन।आफ्नोे सृष्टि कर्ताको सम्मान नगर्नि पुरूष र आफू सृष्टि कर्ताको सम्मान लिएर बस्न नसक्ने नारी यी दुवै समाजका दुषित तत्वहरू हुन ।अब हामी आफैँ नै सोचौ हामि कति सम्म चुकेका रहेछौं त ।

अझैसम्म पनि हाम्रो समाजमा नारी पुरूष बिचको असमानता रहिरहेको पाईन्छ ।आजको हाम्रो समाजमा “सच्चा नारी देशको भारी भएका छन्”किन अझैसम्म पनि यस्तो अभद्र,अछुत र अयोग्य कुरालाई हाम्रो समाजले प्रश्रय दिईरहेको छ।किन आज नारीहरू आफ्नो कुराहरू प्रष्ट रूपमा अरू समक्ष पोख्न डराइरहेका छन् किन सक्षम छैनन् ।
अझैसम्म पनि मानिसहरूमा नराम्रो सँग गढेका नराम्रो प्रथाहरूले प्रश्रय पाईरहेका छन् । नारिले हलो जोत्न नहुने,मठ मन्दिर प्रवेश निषेध, जातपात सम्बन्धित कुराहरूमा नराम्रो आशय अझैसम्म पनि पाइन्छ।नारी त केवल घरको काममा मात्र निहित हुने हो । बाहिरी कुरामा अघि बढ्नु त केबल उ आफैंले आफ्नो ज्यान जोखिममा मोल्नुु हो जस्ता अमानवीय कुराले प्रश्रय पाउनु एक आफैँमा अक्षुत कुरा हो।

 

आजको समयमा हामी सबै स- सम्मानित ब्यक्तिहरू हौँ। यहाँ नारी नै सबै कुरा हुन भन्न खोजीएको होइन । आज हामी नारी पुरूष दुवैको महत्त्व अति नै रहेको छ तर पनि ज्यादतीका शिकार बन्न पुगेका नारीहरू माथिको ज्यादती, शोषण, दमनका कुरा मात्र हुन के हामीले मानवताको धर्म निभाएका रहेछौं र सोचौँ आजको परिवेशमा यस्ता हत्या, हिंसा, दमन दिन द्विगुना र रात चौगुणा बढिरहेका छन्। के हामी यस कुरामा सजक सचेत हुन जरुरी छैन र के अबको पुस्तालाई यस्ता नराम्रो कुराहरूको हिलोमा गढाउने कि सुख्खा बाटोमा हिडाउने त्यो त तपाईं हामीमा निहित कुरा हो। अब हामी सबै ‘को नारी को पुरूष’ हामी सबै समान हौँ । त्यसैले भेदभाव रहित समाज निर्माणमा एकजुट भई अघि बढौँ।कसैको दिलमा मनको भित्तामा आँच पुग्ने चोट लगाउने काम नगरौ सबै सजक सचेत रहौँ ।

“आत्मनः प्रतिकुलानि परेशांन समाचरेत”
आफुलाई प्रतिकुल हुने कुरा अरूलाई नगर्नु।
!!!”यत्र नार्यास्तु पुज्यन्ते रमन्ते तत्र देवता”।।।


सम्बन्धित खबरहरु