बाँदरले कोरोना संक्रमितको रगतको नमुना लुटेपछि…

ओकेखबर संवाददाता १८ जेष्ठ २०७७, आईतवार १८:०६ मा प्रकाशित ( साल अघि) ९७१ पाठक संख्या

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित मेरुटको एक सरकारी अस्पतालबाट बाँदरको झुण्डले सम्भावित कोरोनाभाइरस संक्रमितको रगतको नमुना लुटेको छ ।

सीएनएनका अनुसार यो घटना बिहीबार लाला राजपुत राइ मेमोरियल मेडिकल कलेज र अस्पतालमा घटेको हो । कोभिड–१९ मा कार्यरत एक ल्याब एसिस्टेन्टले उक्त नमुनालाई जाँचका लागि लैजादै गर्दा उनको हातबाट बाँदरले त्यसलाई थुतेका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। धिरज बलियानका अनुसार तीनवटा नमुना भएको बाकसलाई बाँदरले थुतेर लगेका थिए । अस्पतालका प्रमुख एसके गार्गका अनुसार ती कोभिड–१९ को स्वाबको नमुना नभएर रगतको नमुना भएको स्पष्ट पारे । नमुना लुटेपछि बाँदर रुखमा चढेको र रगतको प्याकेट चपाएपछि त्यसलाई फालिदिएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका अनुसार उक्त रगतको सम्पर्कमा कोही पनि नआएको र अस्पतालका अधिकारीहरुले सो क्षेत्रलाई स्यानिटाइज गर्नुका साथै बाँदरले लुटेको स्याम्पललाई डिस्पोज गरिसिकिएको छ ।

अस्पतालले प्रशासनले यस घटनाबारे छानविन गरिरहेको जनाएको छ । भारतमा एक लाख ८२ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् भने ५१ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।


सम्बन्धित खबरहरु