अन्ततः गुल्मीका कोरोना संक्रमित शिक्षक बचेनन्, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो

ओकेखबर संवाददाता ७ जेष्ठ २०७७, बुधबार ११:१३ मा प्रकाशित ( साल अघि) १९८८२ पाठक संख्या

काठमाडाैं । नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्शन बराले पुष्टि गरेका हुन् ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।
सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो।
गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए।


सम्बन्धित खबरहरु