आज: 

भारतमा फेरि लम्बियो लकडाउन, मेट्रो रेलसेवा पनि बन्द

ओके खबर ४ जेष्ठ २०७७, आईतवार २०:५९ मा प्रकाशित ( साल अघि) ३७१ पाठक संख्या

एजेन्सी । भारत सरकारले मे ३१ सम्म लकडाउन लम्याउने निर्णय गरेको छ । आइतबार भारतको केन्द्र सरकारले उक्त निर्णय गरेको हो । भारतमा यो लकडाउनको चौथो चरण हो ।

भारतीय गृहमन्त्रालयले लकडाउनको समयावधि लम्ब्याएसँगै जेठ १८ गते अर्थात मे ३१ सम्म आन्तारिक र बाहिरी उडानहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । साथै मेट्रो रेलसेवा पनि बन्द गर्ने घोषणा गरिएको छ ।  बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म निषेधाज्ञा समेत जारी गरिएको छ ।

भारतमा अहिलेसम्म २ हजार ७ सय ५२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमितको संख्या ९० हजार नाघेको छ ।


सम्बन्धित खबरहरु