आज:
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जेठ २० गतेसम्म लकडाउन बढाउनुपर्ने प्रस्ताव गरेको थियो ।
चैत ११ गतेदेखि सुरु भएको लकडाउन सरकारले पटक पटक बढाउँदै लगेको छ । सरकारले पाँचौंपटक थपेको लकडाउनको अवधि भोलि सकिँदैछ ।