आज: 

पत्रकार निरौलामाथि भएको आक्रमणको प्रेस युनियनद्धारा निन्दा

ओके खबर ४ जेष्ठ २०७७, आईतवार १८:३३ मा प्रकाशित ( साल अघि) ६३८ पाठक संख्या

काठमाडौं । नेपाल प्रेस युनियन संखुवासभाका पूर्व अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी श्यामप्रसाद निरौलामाथि ज्यान मार्ने उद्धेश्यले सांघातिक आक्रमण भएको घटनाको नेपाल प्रेस युनियनले निन्दा गरेको छ ।

आइतबार नेपाल प्रेस युनियनले एक विज्ञप्ति जारी गरि उक्त आक्रमण संलग्न र यसका योजनाकारहरुको खोजी तथा पहिचान गरि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष समेत रहेका निरौलामाथि जेठ २ गते शुक्रवार साँझ साँझ साँढे सात बजेतिर खाँदवारी नगरपालिका वडा नम्वर ५ माल्टामा खुकुरी प्रहार गरि ज्यान मार्ने प्रयास भएको थियो।

‘खाँदवारी नगरपालिका वडा नम्वर ५ का वहालवाला कार्यवाहक वडाध्यक्ष समेत रहेका निरौलामाथि भएको यो आक्रमण मौलाउँदो दण्डहिनताको अर्को उदाहरण हो’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रेस युनियन आक्रमण परि गम्भीर घाइते हुनुभएका पत्रकार तथा जनप्रतिनिधी निरौलाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ। साथै आक्रमण संलग्न र यसका योजनाकारहरुको खोजी तथा पहिचान गरि तत्काल कानुनी दायरामा ल्याई कानुनी राज्यको प्रत्याभुत गराउन युनियन जोडदार माग गर्दछ।’


सम्बन्धित खबरहरु