क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु

ओकेखबर संवाददाता ४ जेष्ठ २०७७, आईतवार ०९:५४ मा प्रकाशित ( साल अघि) ९५० पाठक संख्या

राँझा । बाँकेमा क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानका अनुसार उक्त २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको हो ।

उनले बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवककोे मृत्युु भएको थियो । क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिए। उनले कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने बताए ।


सम्बन्धित खबरहरु