आज:
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा लगानी क्षेत्रलाई विशेष प्राथमिकता दिँदै उनले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपलब्ध गराएको नीति तथा कार्यक्रमको प्रति उनले पढेर सुनाएकी हुन् ।