रेडियो बिहानीको भवनमा आगलागी, १० लाखको क्षति

ओकेखबर संवाददाता २ जेष्ठ २०७७, शुक्रबार १९:१८ मा प्रकाशित ( साल अघि) ५२२ पाठक संख्या

धादिङ बेशीबाट प्रसारित रेडियो बिहानी ९७.६ मेगाहर्जको भवनमा आगलागी भएको छ ।
शुक्रबार दिउँसो ४ बजेको समयमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षती भएको छ ।

सहिद स्मृति संचार सहकारीद्वारा संचालित रेडियो बिहानीको उक्त भवनमा आगलागी हुँदा उक्त भवनको ३ वटा सटरमा रहेको रामकोट फ्रेस हाउस पसल र सँगैको रेडियो बिहानीको स्टाफ बस्ने कोठामा आगलागी हुँदा १० लाख बराबरको क्षती भएको हो ।

उक्त भवनको सटरमा रामकोट फ्रेस हाउस (मासु पसल) मा शुक्रबार ग्यास लिग भएका कारण आगलागी भएको हो ।
मासु पसल सञ्चालक ईश्वर श्रेष्ठका अनुसार खाजा बनाउने क्रममा ग्यास लिग भई आगोको झिल्को आएर आगो लागी भएको हो ।

आगलागी भएको करिब १०/१५ मिनेट पछि मात्र नीलकण्ठ नगरपालिकामा रहेको दमकलको सहायताले नेपाल प्रहरी र शसस्त्र प्रहरी, धादिङका सोसिएल भोलेन्टिएरहरुले आगो नियन्त्रण गर्दा थप क्षेती हुन नपाएको हो ।
श्रेष्ठका अनुसार पसलमा रहेको १ लाख रुपैया नगद, २ वटा फ्रिज, ग्यासँ चुलो, भाडाकुडा, लत्ता कपडा, मासु पसलका अन्य उपकरणहरु समेत जलेर नष्ट भएका छन् ।


सम्बन्धित खबरहरु