लकडाउन फेरि लम्ब्याउने सरकारको तयारी

ओकेखबर संवाददाता २ जेष्ठ २०७७, शुक्रबार १४:४३ मा प्रकाशित ( साल अघि) २५२३ पाठक संख्या

काठमाडौं । सरकारले कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई कडाई गर्दै जेठ ५ गतेपछि निरन्तरता दिने तयारी गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाको वर्तमान अवस्थाका बारेमा स्वास्थ्यकर्मी, लगायत बिज्ञहरुसंग छलफल गर्दै कोरोना प्रभावित क्षेत्रमा लकडाउनलाई प्रभावकारी रुपमा निरन्तरता दिने तयारी गरेको हो ।

कोरोना प्रभावित नभएका क्षेत्रमा लकडाउनलाई केहि खुकुलो गर्ने र कोरोना प्रभावित क्षेत्रमा थप कडाई गर्ने र जेष्ठ ५ गतेपछि पनि निरन्तरता दिने बिषयमा छलफल भएको समितिका प्रवक्ता एवं मन्त्रीपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।

बैठकले लकडाउनअघि नेपाल आएका जापानमा काम गर्ने ६ सय नेपालीहरुलाई चाटर्ड बिमानबाट जापान पठाउने निर्णय गरेको छ । त्यसका लागि कामदारहरुले नै चाटर्ड बिमानको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै लकडाउनअघि नै नेपाल आएका हङ्कङ आइडि वाहक नागरिकहरुलाई पनि फिर्ता जान दिने निर्णय गरिएको बिडारीले बताउनुभयो ।


सम्बन्धित खबरहरु