आज: 

जनताको चर्को विरोधपछि पूर्वराजालाई दिइयो सवारी पास

ओके खबर २ जेष्ठ २०७७, शुक्रबार १०:१८ मा प्रकाशित ( साल अघि) ८६० पाठक संख्या

काठमाडौं । लकडाउनका कारण झापामा र‍ोकिएका पूर्वराजा ज्ञानेन्द्र शाहले सवारी पास नपाएको विषयको चौतर्फी बिरोध भएपछि सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पास उपलब्ध गराएको छ । लकडाउनका कारण पूर्वको झापामा बिगत ५५ दिनदेखि रोकिएका पूर्वराजा शाह सवारी पास पाएपछि आजै काठमाडौंतर्फ हिडेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाले एकपटक सवारी पास दिएर पुन खोसेपछि सञ्चारमाध्याम र सामाजिक सञ्जालमा व्यापक बिरोध भएको थियो । लकडाउनलाई सरकारले थप कडाई गर्न लागेपछि उनी काठमाडौं आउन आमनागरिकले सरह पासको निवेदन दिएका थिए ।

झापा प्रशासनले हिजै गृह मन्त्रालयको सहमति लिई सवारी पास दिएपछि आज शुक्रबार उनी झापाबाट काठमाडौंतर्फ प्रस्थान गरिसकेका छन् ।


सम्बन्धित खबरहरु