काठमाडौं र भक्तपुरसहित देशभर एकैदिन थपिए ८३ संक्रमित, संक्रमित २१७ पुग्यो

ओकेखबर संवाददाता ३१ बैशाख २०७७, बुधबार ०६:३२ मा प्रकाशित ( साल अघि) ६११ पाठक संख्या

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१७ पुगेको छ । मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१७ पुगेको हो ।
मंगलबार अबेर संक्रमण पुष्टि भएकाहरुमध्ये पर्साका १८, महोत्तरी, धनुषा र भक्तपुर २र२ तथा काठमाडौं र सर्लाहीमा एकरएक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
नेपालमा पहिलो पटक माघ १० गते कोरोना संक्रमण पुष्टि भएयता एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


सम्बन्धित खबरहरु