आज: 

लकडाउन खुकुलो पारेसँगै जर्मनीमा झन् फैलियो कोरोना संक्रमण

ओके खबर २९ बैशाख २०७७, सोमबार ०९:०० मा प्रकाशित ( साल अघि) ५१६ पाठक संख्या

एजेन्सी । जर्मनीमा लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसबाट संक्रमित हुने संख्या बढेको देखिएको छ।

लकडाउन खुकुलो पारेसँगै कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अरुमा सर्ने दर अर्थात री–प्रोडक्शन दर बढेको रोबर्ट कोच इन्स्टिच्युटले बताएको छ ।

अहिले जर्मनीमा एक संक्रमितबाट एक भन्दा व्यक्तिमा संक्रमण फैलिएको देखिएको छ । यसको अर्थत जर्मनीमा संक्रमितको संख्या बढिरहेको छ ।

लकडाउन केही खुकुलो पारिएको भए पनि जर्मनीका केही मानिसले पूर्ण रुपमा अन्त्य गर्नु पर्ने भन्दै शनिबार प्रदर्शन गरेका थिए ।

यसअघि जर्मन चान्सलर आंगेला म्याकेलले बुधबार १६ राज्यका नेतासँग छलफल गरी देशव्यापी रुपमा लकडाउन खुकुलो पार्ने घोषणा गरेकी थिइन् ।

जर्मनीमा हालसम्म एक लाख ७१ हजार भन्दा बढीमा कोरोना भाइसको संक्रमण भएको छ । त्यहाँ ज्यान गुमाउनेको संख्या सात हजार ५६९ रहेको छ ।


सम्बन्धित खबरहरु