निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहानालाई जन्मदिनको अवसरमा धेरै चलचित्रकर्मी तथा उनका शुभचिन्तकहरूले शुभकामना दिइरहेका छन् ।
नायिका सुहाना चलचित्र ‘ए मेरो हजुर–३’बाट चलचित्र क्षेत्रमा भित्रिएकी हुन् । यही चलचित्रबाट ‘कामना फिल्म अवार्ड र डी सिने अवार्ड’मा ‘उत्कृष्ट नव–नायिका’को अवार्ड पनि जितेकी थिइन् ।
उनी हाल दोश्रो चलचित्र ‘ए मेरो हजुर–४’मा काम गर्दैछिन् । यो चलचित्रमा उनको जोडीको रुपमा नायक अनमोल केसीले काम गरिरहेका छन् ।
सुहानालाई जन्मदिनको धेरै धेरै शुभकामना।