लकडाउनमा कहाँ चुक्यो सरकार ?

डा. रवीन्द्र पाण्डे २३ बैशाख २०७७, मंगलवार १८:५७ मा प्रकाशित ( साल अघि) ५५६ पाठक संख्या

– लकडाउनको सिद्धान्त जो जहाँ छ, त्यहि बस्ने भन्ने हो | त्यसको लागि सरकारले बिपन्न बर्ग पहिचान गरेर जीविका धान्न पुग्ने गरि राहत दिनुपर्थ्यो  ।
– लकडाउनमा नागरिक घरभित्र बस्ने सरकार फिल्डमा उत्रिनु पर्ने हो ।
– पहुँच, पास, बल मिच्याई, लेनदेन आदिबाट आवतजावतको अनुमति लकडाउनमा नहुनुपर्ने हो ।
– लकडाउनको समयमा हरेक समुदायमा ब्यापक टेस्ट गरेर देशको संक्रमणको स्थिति पत्ता लगाउनु पर्ने हो ।
– लकडाउनको समयमा उच्च, मध्यम र निम्न आय भएका व्यक्तिको विवरण संकलन गरेर बिपन्न आय भएकालाई परिचय पत्रको ब्यबस्था गर्नुपर्ने हो ।
– ब्यापक टेस्ट बढाएर हरियो, पहेंलो र रातो क्षेत्र पत्ता लगाउनुपर्ने हो ।
– ७७ जिल्लामा कम्तीमा एउटा PCR मेसिन उपलब्ध गराउनुपर्ने हो ।
– लकडाउन उल्लङ्घन गर्नेलाई फाइनको ब्यबस्था गर्नुपर्ने हो ।
– हरेक आन्तरिक नाकामा प्रहरी खटाएर आवतजावत ठाउँको ठाउँ रोक्नु हो ।
– लकडाउनलाई अर्थतन्त्रसंग जोड्नको लागि मजदुरहरुको टेस्ट गरेर तथा उद्योगमा आवासीय ब्यबस्था गरेर उद्योग चलाउने, कृषकलाई मल, बिउ, औषधि तथा अनुदान दिने, औषधि उद्योगबाट पर्याप्त औषधि उत्पादन गर्न लगाउने, १ बर्षको लागि औषधि र खाद्यान्न स्टक राख्ने, अस्पतालको क्षमता बढाउने, आइसीयु र भेन्टिलेटर चलाउन तालिम दिने लगायतका तयारी गर्नुपर्ने हो ।
– अर्थतन्त्रलाई जोगाउन मितव्ययी हुने, १ रुपिया पनि भ्रष्ट्राचार गर्ने जो कोहिलाई कारबाही गर्ने, अनाबश्यक शिर्षकका बजेटलाई अत्यावश्यकमा परिणत गर्ने आदि गर्नुपर्ने हो ।
– लकडाउन र सामाजिक दुरी उल्लङ्घन गर्दा विश्वका धेरै देशको कुन अवस्था भएको छ, त्यसबाट पाठ सिकेर रोकथामको लागि मन, बचन र कर्मले काम गर्नु हो |
– सम्भावित भोकमरीको रोकथाम गर्ने जमिन बाँझो राख्न नपाइने, सामुहिक खेतीलाई प्रश्रय दिने, परम्परागत खेतीलाई प्रोत्साहित गर्ने, हरेक स्थानीय निकायलाई आत्मनिर्भर बनाउने सामग्री र उपाय दिनुपर्ने हो ।
– धरासायी भएका क्षेत्रलाई उठाउन बैकल्पिक ब्यबस्था गर्नुपर्ने हो ।
– दीर्घरोगीका औषधि सरल, सुलभ र सहज रुपमा पाउने बाताबरण सिर्जना गर्नु हो ।
– परामर्श सेवा हरेक स्थानीय निकायमा सुरु गर्नुपर्ने हो ।
– दुर शिक्षा, अनलाइन कक्षाको मापदण्ड, बिषय बस्तु तथा इन्टरनेटमा पहुँच बढाएर एकरुपता कायम गर्नु हो ।
– लकडाउन पछिको जीवन संचालन गर्ने चरण, तरिका र सुरक्षित उपाय तयार गर्नु हो ।
– बिदेशमा फसेका नेपालीलाई ल्याएर पुनर्थापन गर्नको लागि तयारी गर्नु हो ।
– मजदुरबीच दुरी कायम गरेर हाइड्रो पावर, सडक मर्मत, चक्रपथ विस्तारका बाँकी काम चीनलाई हस्तान्तरण गर्नुपूर्वका काम सक्नु हो ।
– लकडाउनको अनुगमन मुल सडकमा होइन, भित्रि बस्तीमा बढाउनु हो ।
– सिमानामा १०० % शिल गर्न सिमाबासी र सुरक्षाकर्मीको संयुक्त गस्ती २४ घण्टा कायम गर्नु हो ।
– दात्रुराष्ट्र तथा छिमेकबाट सक्दो उपकरण, औषधि तथा प्रबिधि सहयोग लिन अग्रसर भइरहनु हो ।
– देशमा सबैको लागि बराबर कानुनी शाशन स्थापित गर्नु हो । आदि …

डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ हुन् ।


सम्बन्धित खबरहरु