बिष्फोटक पदार्थ सहित ३ जना पक्राउ

ओकेखबर संवाददाता २३ बैशाख २०७७, मंगलवार १८:३० मा प्रकाशित ( साल अघि) ४८२ पाठक संख्या

काठमाडौं । बिष्फोटक पदार्थ सहित ३ जना पक्राउ परेका छन् । इलामको माई नगरपालिका ९ बरुङबाट सोमबार राति ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा संखुवासभा चैनपुर नगरपालिका – ६ बस्ने ५४ वर्षीय हिमाल भन्ने पुष्प कोईराला, ताप्लेजुङ मुकुवाखोला गाउँपालिका – ८ घर भएका २६ वर्षीय जलन भन्ने पासाङ डन्डु शेर्पा र उदयपुर तामलिक गाउँपालिका – ६ बस्ने १९ वर्षीय सौरब भन्ने पासाङ तामाङ रहेका छन् ।

उनीहरुको साथबाट ईलेक्ट्रिक डेटोनेटर १९ थान, सकेट बम १ थान, प्रेसरकुकर बम १ थान, कुपि बम १ थान, पाइप बम १ थान, बिष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ करिब ३ केजी, डेडकट वायर ६७ फिट, बाइनाकुलर १ थान, सलाई १ दर्जन, रिमोट कन्ट्रोल ४ थान, खुकुरी २ थान, खाली प्रेसरकुकर १ थान, मोबाइल ८ थान लगायतका सामानहरु बरामद गरेको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु