आज: 

कोरोनाबाट ज्यान जानेको संख्या २ लाख ५० हजार नजिक (तथ्यांकसहित)

ओके खबर २२ बैशाख २०७७, सोमबार २२:१५ मा प्रकाशित ( साल अघि) ४१९ पाठक संख्या

एजेन्सी । चीनको वुहान शहरबाट फैलिएको विश्व महामारी कोरोना भाईरसको महामारीका कारण विश्वभर हालसम्म २ लाख ४९  हजार ७२२ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३५ लाख ९८ हजार ७२६ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ११ लाख ६८ हजार ५३७ जना निको भएर घर फर्किएका छन् । भने ५९ हजार ९३० जनाको अवस्था गम्भिर छ ।

ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै ११ लाख ९३ हजारभन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ६८ हजार ९८१ ले ज्यान गुमाइसकेका छन् ।

कोरोनाबाट दोस्रो प्रभावित मुलुक स्पेनमा हालसम्म २ लाख ४८ हजार ३०१ संक्रमितमध्ये २५ हजार ४२८ को ज्यान गइसकेको छ ।

यस्तो छ तथ्यांक


सम्बन्धित खबरहरु