स्वास्नी !

उर्मिला थपलिया १९ बैशाख २०७७, शुक्रबार २०:३१ मा प्रकाशित ( साल अघि) १७६६ पाठक संख्या

कविता

स्वास्नी घरको कामदार हो
जस्लाइ बिनातलब राख्न पाइन्छ
बिना लगाम बाध्न पाइन्छ,
अनि पो मर्दको गर्जन
अनि पो मर्द हुनुको सान ।
आफ्नो भावना, सोच, लक्ष्य
सबै कैद गरेर
कहिले हास्छे त कहिले रुन्छे,
तर पनि
स्वास्नी हो उ
उस्लाइ स्वतन्त्रा कहाँ छ र !

पतिको खातिर
बालबच्चा अनि घरको खातिर
चुपचाप गुमनाम छे
घरभित्र कै संसारमा रुमलिएकी छे,
भाषण मा त हो
उनले सम्मान पाउने
अधिकार अनि समानता पाउने
अरु त सबै तपसिलका कुरा हुन् ।
उस्लाइ प्रश्न गर्न त मनाही छ
उत्तर खोजेर हैरान नबनाऔं
किनकि उ स्वास्नी हो
नानीबाबुकी आमा हो,
घरको ञलक्ष्मीझ हो
त्यसैले त उ लक्ष्य विहीन छे,
गुमनाम छे ।।

(श्रमिक दिवसको शुभकामना )


सम्बन्धित खबरहरु