भारतले दुई साता लम्ब्यायो लकडाउन

ओकेखबर संवाददाता १९ बैशाख २०७७, शुक्रबार १९:०६ मा प्रकाशित ( साल अघि) ११४७ पाठक संख्या

काठमाडौं । भारतले लकडाउनलाई दुई साता लम्ब्याएको छ । कोरोना भाइरस संक्रमण विश्‍वभर महामारीको रुपमा फैलिँरहँदा भारतले दुई हप्ता लकडाउन थपेको हो।

गृहमन्त्रालयमा शुक्रबार भएको छलफलमा भारत सरकारले थप दुई हप्ता लकडाउन बढाउने निर्णय गरेको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

यसअघि मे ३ अर्थात वैशाख २१ गतेसम्म गरिएको लकडाउनको अवधि थप गरेर मे १७ अर्थात जेठ ४ गतेसम्म कायम गरिने छ अत्‍यावश्यक सेवाबाहेक सवारी साधन बन्द रहनेछन्।

भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म १ हजार १५४ जनाको ज्यान गइसकेको छ ।

ओल्डोमिर्टरसका ३५ हजार ४३ मा संक्रमण पुष्टि भएको छ भने ९ हजार ६८ संक्रमित निको भएर घर फर्केका छन् ।


सम्बन्धित खबरहरु