वैशाख २५ गतेदेखि लकडाउन खुकुलो पार्ने सरकारको तयारी

ओकेखबर संवाददाता १९ बैशाख २०७७, शुक्रबार १८:१९ मा प्रकाशित ( साल अघि) १२५८ पाठक संख्या

काठमाडौं । सरकारले वैशाख २५ गतेदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका हुन् ।
ढकालले नेपालमा उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले सामाजिक दूरी कायम राखेर सहयोग गरेकाले नेपाल कोरोना भाइरसको उच्च जोखिममा नरहेको बताएका छन् ।

सरकारले गत चैत ११ देखि देशैभर जारी गरेको लकडाउन पटक-पटक गरी वैशाख २५ गतेसम्मका लागि पुर्‍याएको छ ।


सम्बन्धित खबरहरु