आज: 

नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो : स्वास्थ्य मन्त्रालय

ओके खबर १९ बैशाख २०७७, शुक्रबार १४:३७ मा प्रकाशित ( साल अघि) ६१९ पाठक संख्या

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्ज बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट र अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


सम्बन्धित खबरहरु