आज:
काठमाडौं । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्युनिनकरण गर्न काठमाडौंको मुख्य नाका नागढुंगामा निर्माण भएको आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ ।
टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना भाइरस पनि नष्ट हुने विश्वास लिइएको छ ।
काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो ।
टनेलको सञ्चालन नागढुंगाकै प्रहरीले गर्ने छ ।