वडा अध्यक्षमाथि चार राउण्ड गोली प्रहार

ओकेखबर संवाददाता १९ बैशाख २०७७, शुक्रबार ११:४८ मा प्रकाशित ( साल अघि) ७२३ पाठक संख्या

कपितवस्त । कपितवस्तुमा वडा अध्यक्षलाई लक्ष्यित गरि गोली प्रहार भएको छ ।
कपिलवस्तुको यशोधरा गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सहाबुद्दिन मुसलमानमाथि शुक्रबार बिहान १ बजे गोली प्रहार भएको कपिलवस्तु प्रहरीले जनाएको हो ।

खोरिया गाँउमा आफ्नै घरमा सुतेका वडा अध्यक्ष मुसलमान माथि चार राउण्ड गोली प्रहार भएको हो।

दुई जना अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेपनि उनलाई नलागेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहीले जनाएको छ ।


सम्बन्धित खबरहरु