२००७ सालमा रेडियो नेपाल स्थापना भएपछि काठमाडौँ आएर सिंहदरबारबाट अधिकारीले केही गीतहरु गाएकी थिइन्। त्यसपछि कोलकत्ता गएर ६ वटा गीतहरू रेकर्ड समेत गरेकी थिइन् ।
संगीतमा रूची भएकी अधिकारीले शास्त्रीय संगीतमा आइए समेत गरेकी थिइन् । १६ वर्षको उमेरमै विराटनगरको स्टुडियोबाट उनले सांगितिक यात्राको थालनी गरेकी थिइन् ।