रुसी प्रधानमन्त्री मिशुस्तिनलाई कोरोना सङ्क्रमण पुष्टि

ओकेखबर संवाददाता १९ बैशाख २०७७, शुक्रबार ०६:४८ मा प्रकाशित ( साल अघि) ३७४ पाठक संख्या

एजेन्सी ।  रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भाइरसको सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पाल भर्ना गरिएको छ ।

आफूलाई कोरोना सङ्क्रमण (कोभिड १९) भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् ।

रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।


सम्बन्धित खबरहरु