कोरोनाबाट ज्यान जानेको संख्या २ लाख १८ हजार नाघ्यो (तथ्यांकसहित)

ओकेखबर संवाददाता १७ बैशाख २०७७, बुधबार १२:३० मा प्रकाशित ( साल अघि) ४७६ पाठक संख्या

एजेन्सी । चीनको वुहान शहरबाट फैलिएको विश्व महामारी कोरोना भाईरसको महामारीका कारण विश्वभर हालसम्म २ लाख १८ हजार २४ जनाको ज्यान गएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ३१ लाख ३९ हजार ४१७ भन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ९ लाख ५९ हजार २१२ जना निको भएर घर फर्किएका छन् । भने ५६ हजार ९७० जनाको अवस्था गम्भिर छ ।

ओल्र्डोमिटर्रसका अनुसार पछिल्लो समय सबैभन्दा बढी अमेरिकामा सबैभन्दा धेरै १० लाख ३५ हजार ७६५ भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । भने ५९ हजार २६६ ले ज्यान गुमाइसकेका छन् ।

विश्वभर यस महामारीबाट २१३ देशहरु चपेटामा परेका छन् ।

यस्तो छ तथ्यांक :


सम्बन्धित खबरहरु