आज: 

भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ९३७ पुग्यो

ओके खबर १७ बैशाख २०७७, बुधबार ०९:०६ मा प्रकाशित ( साल अघि) ४३१ पाठक संख्या

एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनको संख्या ९३७ पुगेको छ । संक्रमितको संख्या २९ हजार ९७४ पुगेको बीबीसीले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित मध्ये ७ हजार २७ जना उपचारपछि घर फर्किसकेका छन् ।

भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको संक्रमण देखिएको छ ।


सम्बन्धित खबरहरु