नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, थप दुइजनामा सङ्क्रमण पुष्टि

ओकेखबर संवाददाता १६ बैशाख २०७७, मंगलवार १४:५५ मा प्रकाशित ( साल अघि) ४५१ पाठक संख्या

काठमाडौं । रौतहटमा थप दुई जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रौतहटका दुई जना पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उनीहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट कोरोना पोजेटिभ देखिएपछि पीसीआरबाट परीक्षण गर्दा पनि पोजेटिभ देखिएको हो ।
नेपालमा हालसम्म १० हजार ४७१ जनाको कोरोना परीक्षण भएको छ । यसमध्ये ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १६ जना संक्रमित निको भएर घर फर्केका छन् भने बाँकी ३६ को विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


सम्बन्धित खबरहरु