ह्‍याप्पी क्वारेन्टाइन

गिताञ्जली अधिकारी १५ बैशाख २०७७, सोमबार १४:०६ मा प्रकाशित ( साल अघि) १०२२ पाठक संख्या

अहिले विश्व नै कोरोना भाइरसका कारण एकदम त्रसित भइरहेको छ । चीनको वुहानबाट डिसेम्बरदेखि फैलिएको यस कोरोना भाइरसको न त औषधि नै बनेको छ । जसका कारण विश्वका मानिसहरू त्रसित बनिरहेका छन । लाखौको मानिसहरूले ज्यान पनि गुमाइसकेको अवस्थमा सुरक्षित रहनुको विकल्प छैन। यो विश्व संकट कोरोना महामारीका कारण अप्रिल २७ तारिकसम्म २ लाख ७ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन्, झण्डै ३० लाख मानिसहरुमा यसको संक्रमण पुष्टि भएको छ । अर्को सकारात्मक कुरा ८ लाख  ८१ हजार भन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् । नेपालमा पनि ५२ जना संक्रमित मध्ये १६ जनाले त दृढ आत्मबलका साथ कोरोनासँगको लडाँइ जीतिसकेका छन् ।

 

हो, यही भाइरसको सानमा गर्न विश्वका केही देशहरूमा लकडाउनकै आवस्थामा छ । जसले मानिसहरू घरभित्र बसि नै रहेका छन् । यसरी एक दिन होइन दुईदिन होइन, सधैँ घरमा बस्दा पक्कै पनि सबैलाई दिक्क नै लाग्छ । नरमाइलो र समय बिताउन मुस्किल नै भईरहेको हुन्छ । सधैँ व्यस्त भईरहेको जीवन एक्कासि फुर्सदिलो बन्दा समय बिताउन कठिन पर्नु स्वभाविक नै हो ।

यसरी हामीहरू होम क्वारेन्टाइनमा बसिरहेका छौ । यस्तो अवस्थामा सबैले कठिन परिस्थितिको सामना गरिरहेका छन् । त्यसो त नेपाल सरकारले पनि चैत्र ११ गतेदेखि ४ पटक गरि लकडाउन थपिसकेको छ । जसका कारण मानिसहरू घरभित्र बसिरहेको पनि महिनादिन कटिसक्यो । समयको सदुपयोग गर्दै यस समयमा आफ्नो परिवारलाई समय दिएर उनीहरूसँग रमाइलो पनि गर्न सकिन्छ । आफना परिवारसँग बसेर टेलिभिजनमा मनोरन्जनात्मक फिल्म वा अन्य सामाग्री पनि हेरेर समय बिताउन सकिन्छ । आफूलाई मन परेका लेखकहरूको पुस्तक अध्ययन गरेर मनपरेका लाइनको टिपोट गर्न पनि सकिन्छ ।

 

यस्तो समयमा आफ्ना इष्टमित्रसँग र साथीभाइसँग विभिन्न माध्यमबाट जोडिएर सुख दुःखका कुराकानी गर्न पनि सकिन्छ । आफनो दिक्कदारीपनलाई हटाउन परिवारका सदस्यको सहयोगमा मिठा मिठा परिकार रसवरी, लालमोहन, सेल, जेरी , मःम, समोसालगायतका खानेकुरा बनाएर खादै रमाइलो गर्न सकिन्छ । घरको खाली र खुल्ला स्थानमा परिवारसँग खेलकुद खेल्दै समयको सदुपयोग गर्न सकिन्छ ।

यस्तो समयमा मानिसहरूलाई खुल्ला हावामा एक्लै बस्न र आफूलाई मन लागेका विषयमा गहिरिन मन लाग्छ । अझ कसैलाई त आफूले सोचेका कुराहरू व्यक्तिगत डायरीमा लेख्दै पटक पटक पढ्न मन लाग्ने हुन्छ । त्यसैगरी लेख, कविता, कथा, गजललगायत सृजनात्कम सामाग्री लेखेर पनि समयलाई सहज बनाउन सकिन्छ । परिवारसँग मिलेर घरको सरसफाईमा पनि सहयोग गर्न सकिन्छ । बिहान बेलुका शारीरिक व्याम त गर्नुनै पर्छ

 

त्यसो त अहिले देश र विश्वको अर्थतन्त्र, पर्यटन, शिक्षा र विशेषगरी स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । कोरोनाले मानिसहरूलाई समस्यामा पारि नै रहेको छ । यसलाई नियन्त्रण गर्न हरसम्भवत प्रयास सबै तिरबाट भई नै रहेको छ । यसमा मानिसहरूले सङ्घर्ष पनि गरि नै रहेका छन् र आफनो परिवारसँग बसेर मिठा अनुभवहरू पनि समेटिरहेका छन् । अहिले २१ औं शताब्दीमा मानिसहरूले मोबाइल, ल्यापटपलगायतका माध्यमबाट इन्टरनेट , युट्युव तथा नयाँ नयाँ प्रविधिको सहयोगमा पनि समय बिताउने गरेका छन् ।  कसैले नेटमार्फत नै कतिपय कुराहरुको अनुसन्धान पनि गरिरहेका छन् । साच्चैै भने हो भने हामीभन्दा अघिल्लो पुस्तामा बढी मात्रामा रचनात्मक सोच हुनुको कारण पनि मस्तिष्कको अभ्यास समेत हुने गर्थ्यो। अघिल्लो पुस्ताका हाम्रो अभिभावकहरू पनि आजको पुस्ताका अधिकांश युवायुवतीलाई यान्त्रिक मानवको संज्ञा दिनुहुन्छ ।

अहिलेको परिस्थितमा बालबालिको दैनिकी झनै कठिन भएको अभिभावको गुनासो छ्यापछ्याप्ती सुनिन्छ । उनिहरुलाई हामीले पारिवारीक वयवहारमा सामेल गरेका छौं ? उनिहरुलाई घरको काम सिकाउँदा पनि ठूलो उपलब्धि हाँसिल हुन्छ । उनिहरुलाई घरभित्र परिवारसँग अनिताक्क्षिरि पनि खेलाउँन सकिन्छ । उनिहरुसंगको गफगाफलाई समय दिन सकिन्छ । लुकिछिपी पनि खेल्न सकिन्छ । एक अर्काको क्यारिकेचर गरेर पनि समय बिताउन सकिन्छ । आफूलाई मन लागेका गीतसङ्गीतहरू सुनेर अनि सुनाएर संगितको मज्जा लिन सकिन्छ । यस्तो समयमा चित्र कोरेर राख्न पनि सकिन्छ । मानिसको आ–आफ्नो स्वभाव र रुचि हुन्छ । त्यहि अनुसार विषयको छनोट गरेर समय बिताउन सकिन्छ । अनि यसरी लकडाउनको समय सदुपयोग गरपछि ह्याप्पी क्वारेन्टाइन कसो नहोला र ?

 

बिना काम खालि समय बिताउनु भनेको निष्क्रिय हुनु हो । निष्क्रिय जीवन बिताउने आदत बस्यो भने आफनो प्रतिभा नष्ट हुनसक्छ । प्रतिभाको सरंक्षण र सुसम्बद्धनका लागि पनि केही न केही त गरिरहनैपर्छ । त्यतिकै रोइरहनुभन्दा गाइरहनु वेश भन्ने एउटा चलनमा आएकै त छ नि । त्यसैले बिनाकाम बस्नु भनेको नकारात्मक सोच बढाउनु हो । वर्तमान समाजमा सकारात्मक सोचको विकास गर्नु नै आवश्यक छ ।


सम्बन्धित खबरहरु